आज २०७७ साल पुष २ गते बिहिवारको राशिफल

आज २०७७ साल पुष २ गते बिहिवार,
तदअनुसार डिसेम्बर १७, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष
मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन पनि हात लाग्न सक्छ ।
वृष
आज लाभदायक यात्रा र वैदेशिक कार्य अघी बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ ।
मिथुन
आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।
कर्कट
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला ।
सिंह
आज विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर पनि मिलनेछ ।
कन्या
आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्ला ।
तुला
आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा रुची बढ्ने देखिन्छ । उपहार पाइने सम्भावनाछ ।
वृश्चिक
मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
धनु
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।
मकर
आज अचल सम्पत्ती हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
कुम्भ
व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउनसक्छ ।
मीन
रोजगारको अवसर मिलनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

soc: hamropatro.com

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here