फिफाको वर्ष खेलाडीमा तीन चर्चित खेलाडी मनोनित

काठमाडौं, २७ मङ्सिर । फिफाले यस बर्षको बेस्ट पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । यस बर्षका उत्कृष्ट तीन खेलाडीको सुची तीन चर्चित खोलाडी परेका छन् ।

मनोनयनमा रहेका ११ खेलाडीबाट बर्षको बेष्ट खेलाडीको सुचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की रहेका छन् ।

फिफाले यी तीनलाई यस बर्षको उत्कृष्ट पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यस अघि ११ मनोनयनमा बार्सिलोनाका लियोनेल मेसी, युभेन्टसका रोनाल्डो, पिएसजीबाट खेल्ने ब्राजिलका नेइमार, पिएसजीका किलियन एम्बाप्पे र बायर्न म्युनिखका थियागो अल्कान्टा रहेका थिए ।

त्यस्तै म्यानचेस्टर सिटीका केभिन डी ब्रुने, बायर्न म्युनिखका रोबेर्ट लेवानडोस्की, लिभरपुलका साडियो माने, रियल म्याड्रिडका सर्जियो रामोस, लिभरपुलका मोहमद सलाह र लिभरपुलका भिर्गिल भान डाइक रहेका थिए ।

बर्षको बेष्ट खेलाडीको सुचीमा परेका रोनाल्डो, मेसी र लेवानडोस्की सर्वोत्कृष्ट सफल खेलाडी हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here