बिग ब्यास लिगमा मेलवर्न स्टार्सको विजयी शुरुवात

काठमाडौं, २६ मंसिर । अस्ट्रेलियन बिग ब्यास लिगमा मेलवर्न स्टार्सले विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा मेलवर्नले ब्रिसबेन हीटलाई ६ विकेटले पराजित गरेको हो ।

ब्रिसबेनले दिएको १२६ रनको लक्ष्य पछाएको मेलवर्नले १७.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको ब्रिसबेन १९.५ ओभरमा १२५ रन बनाउदै अलआउट भएको थियो ।

योजितसँगै मेलवर्नले ४ अंक हासिल गरेको छ । यस सिजनको बिग बाश लिगमा लागु गरिएको नयाँ नियम अनुसार बाश बुस्टमा आधा इनिंगसम्म टिमले गरेको प्रदर्शनका आधारमा एक बोनस अंक दिइने भएको छ । जस्तो दोस्रो इनिंगमा ब्याटिंग गरिरहेको टिमले १० ओभरमा विरोधी टिमले १० ओभरमै बनाएको रन भन्दा धेरै रन बनाएमा एक अंक बोनस पाउने छ भने कम रन बनाएमा विरोधी टिमले एक बोनस अंक पाउने छ ।

यसै आधारमा मेलवर्नले आजको खेलमा थप एक अंकसहित ४ अंक पाएको छ ।

अब शनिबार बिग ब्यास लिगमा दुई खेल हुदै छन् । पहिलो खेल मेलवर्न स्टार्स र सिड्नी ठण्डरबीच हुने छ भने दोस्रो खेल मेलवर्न रेनेगडस र पार्थ स्कोर्चर्सबीच हुने छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here