हिउँ छिचोल्दै सीमाको सुरक्षा

काठमाडौं, २५ मंसिर । हिल्साको सीमा सुरक्षा चौकीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ । अहिले यहाँको तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरिसकेको र अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे दिए ।

बिहान उठ्दा धारा, शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी दिँदै जटिल अवस्थामा पनि सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर गस्ती जारी राखिएक उनले स्पष्ट पारे । बीओपीमा २० देखि २५ जना सुरक्षाकर्मी बस्नुपर्नेमा हिल्सामा हाल २० जना छन् ।

चार हजार छ सय मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ छ र हावा पनि लाग्ने भएकाले समस्या हुने गरेको छ । हिल्सा कर्णाली नदीको गहिरो खोँचमा भएका कारण हिउँदमा घाम पनि थोरै समय लाग्छ । हावा पनि त्यतिकै चल्ने भएको हँुदा त्यहाँको बसाइँ कष्टकर हुने गरेको छ । हिमपातका कारण मङ्सिरदेखि चैतसम्म नारा लेकमा आउजाउ बन्द हुन्छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here