सरकारले जनतालाई लोकतन्त्रको अनुभुती दिलाउन सकेन: काँग्रेस नेता परियार

नारायण रिजाल
बागलुङ, २३ मंसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता जिवन परियारले अहिलेको सरकारले नेपाली जनतालाई लोकतन्त्रको अनुभुती दिलाउन नसकेको बताएका छन् ।

नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता परियारले सरकारका पछिल्ला गतिविधिले मुलुकमा झनै अस्थिरता र भ्रष्ट्रचार बढ्दै गएको आरोप लगाए । उनले देशमा दिनहुँ हत्या हिँसा, बलत्कार जस्ता जनघन्य अपराधका बढ्दै गएको हुँदा जनताले मुलुकमा लोकतन्त्र र गणतन्त्र आएको अनुभुती गर्न नपाएको बताए ।

उनले प्रधानमन्त्री केपि शर्मा ओलीले सरकार चलाउनु भन्दा पनि पार्टी भित्रै आन्तरिक किचोलो निकालेर झनै सरकारलाई कमजोर पोर्न काम गरेको बताए । “सरकार दिन दिनै असफल बन्दै गएको छ । नेता परियारले भने,–प्रधानमन्त्रीलाई प्रतिपक्षले भन्दा आफ्नै दलभित्रका साथीहरुले असफल भन्दै हिँडेका छन । जनताले आशा गरेर दुई तिहाई दिए । अहिले जनतालाई नै धोका हुँदैछ । ” कोरोनाको महामारीमा, सरकार न्यूनतम काम समेत गर्न सक्दैनौं भनेर पछि हट्दा जनता अत्यन्त दुःखी भएको उनको भनाई छ । नेता परियारले पार्टीको आउँदो चौधौ महाधिवेशन आन्तरिक एकतालाई मजबुद बनाएर अगाडी बढने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, महासमिति सदस्य जगदिचन्द्र उपाध्याय लगायतले काँग्रेस पार्टीले प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गरेर जनता समक्ष सरकारको भण्डाफोर गर्न जरुर रहेको बताए ।

कार्यक्रममा युवा विद्यार्थी र पार्टीका अन्य नेता तथा कार्यकर्ताले केन्द्रिय सदस्य परियार समक्ष जिज्ञासा र आफ्ना धारण प्रस्तुत गरेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलको अध्यक्षता, कोषाध्यक्ष उमेश गौतमको स्वागत र सह–सचिव सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको थियो ।

काँग्रेस बागलुङले यही मंसिर २९ गते हुने विरोध सभामा जिल्लाका सवै तहका नेता तथा कार्यकर्तालाई सहभागी हुन आग्रह गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here