
बागलुङ, २३ मंसिर । बागलुङ जिल्लाको गल्कोट नगरपालिका र जैमिनी नगरपालिकाका स्वास्थ्यकर्मी र कर्मचारी सहित बागलुङमा मंगलबार थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा जैमिनी नगरपालिकाका ४८ बर्षिय एक जना पुरुष, गल्कोट नगरपालिका वडा नम्बर २ का ५४ बर्षिय एक जना पुरुष, वडा नम्बर ११ का ५० बर्षिय एक जना पुरुष र ३६ बर्षिया एक जना महिला, वडा नम्बर ८ का २७ र ५ बर्षिय दुई जना पुरुष र २८, २० र ४२ बर्षिया तीन जना महिलालाई कोरोना संक्रमण पुष्टि जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा काठेखोला गाउँपालिका–८ का ५२ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।
संक्रमितहरु मध्य जैमिनीका ४८ बर्षिय एक जना पुरुष नगरपालिकाका कर्मचारी रहेको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो । यस्तै गल्कोट नगरपालिका ११ का ३६ बर्षिया महिला र ५० बर्षिय पुरुष स्वास्थ्यकर्मी रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।
काठेखोलाका संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो ।
यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । त्यसमध्य ७ सय ९१ जना निको भएका छन्भने ८ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा सक्रिय संक्रमित ८२ जना रहेका छन् ।