रेशमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते

बागलुङ, २३ मंसिर । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश मा आज विहान ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

रा १ त ३३६३ नम्बरको ट्याक्टर रेशमा रोकि राखेको अवस्थामा ट्याक्टर दुर्घटना हुँदा सडकमा काम गर्दै गरेका सल्यान जिल्ला बाघचौर नगरपालिका–२का १९ बर्षिय एक जना पुरुष घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सहायक प्रहरी निरिक्षक प्रेम बहादुर खड्काले खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।

खड्काले घाईतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले सडकमा काम गरिरहेको अवस्थामा रोके र राखेको ट्याक्टर दुर्घटना हुँदा युवकलाई थिचेको बताउनुभयो । घाईते युवकलाई स्थानियहरुले उद्धार गरि उपचारको लागि बागलुङ पठाएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here