प्रध्यापक र स्वास्थ्यकर्मी सहित थप १० जनालाई कोरोना पुष्टि

बागलुङ, २० मंसिर ।  बागलुङमा शनिबार थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा शनिबार बागलुङ नगरपालिकाका ५१ बर्षिय, ४४ बर्षिय, ४५ बर्षिय ५७ बर्षिय र ३५ बर्षिय पाँच जना पुरुष, जैमिनी नगरपालिकाका २६ र २७ बर्षिय दुई जना पुरुष, २७ र ४२ बर्षिया दुई जना महिला र धौलागिरी अस्पतालमा उपचारका लागी आएकी बेनी नगरपालिका ३ को ६२ बर्षिय एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङकाका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

यस्तै संक्रमितहरु मध्ये बानपाका ५१ बर्षिय पुरुष गण्डकी प्रदेशभा सदस्य इन्द्रलाल सापकोटा, ४५ बर्षिय पुरुष धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक र ३५ बर्षिय पुरुष स्वास्थ्यकर्मी हुन् । यस्तै जैमिनी नगरपालिकाका २७ बर्षिय पुरुष पत्रकार र २६ वर्षिय पुरुष बैकका कर्मचारी हुनभने २७ र ४२ बर्षिय दुई जना महिला होटल संचालक रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here