
बागलुङ, १८ मंसिर । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समृद्धिको लागी आर्थिक अभाब नभएको बताउनुभएको छ ।
सिवाईसी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बागलुङको ११ औं साधारण सभाको अबसरमा गलकोटमा आयोजित बिस्तारित मन्चको उद्घाटन गदैं समृद्धीको लागी आर्थिक श्रोतको अभाब नरहेका भन्दै केवल सोच र लगनशिलताको अभाब रहेको वताउनुभयो । गैरेले सिवाईसीले रोजगारमुलक कार्यक्रम संचालन गर्ने योजना लिएर आयमा नगरपालिकाले सहयोग र सहकार्य गर्ने उद्घोष गर्नुभयो ।
ब्याज अनुदान कार्यक्रममा सहकारी संग सहकार्य गरि गलकोट नगरपालिकाले उद्यमी बनाउन तथा रोजगारीको अबसर श्रृजना गर्ने काममा अग्रसर रहेको बताउनु भयो ।. कार्यक्रममा सिवाईसी सहकारीका केन्द्रिय सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, सहकारीका उपाध्यक्ष गण्डकी थापा अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका उपाध्यक्ष गणेश बहादुर खत्री, केन्द्रीय संचालक समिति सदस्य हर्क बहादुर पाण्डे, समाजसेवी तिर्थसिंह थापा, सेवा केन्द्र ब्यवथापन समितिका पुर्ब सदस्य मन्जु शर्मा चालिसे लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य कुल बहादुर बोहोरा, टोप बहादुर कार्की, असल ऋणी मिना खरेल कार्की, असल बाल बचतकर्ता आयुस पाण्डे, असल सदस्य सुरेन्द्र प्रसाद पाण्डे, असल बचतकर्ता, मायादेबी दर्जि थापा लगाएतलाई सम्मान गरिएको थियो । ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक लाई मासिक पेन्सन दिदै आएको सहकारीले यस वर्ष देखी ८० वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यलाई स्वास्थ्य परिक्षणको लागी वार्षिक ५ हजार रुपैया दिन सुरु गरेको सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले बताउनुभयो ।
कार्यक्रममा सिवाईसी सहकारीका केन्द्रीय सचिव जयराम भारिले नीति तथा कार्यक्रम, कोषाध्यक्ष सितादेबी सापकोटा कडेंलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीले आथिर्क बर्ष २०७६÷७७ को असार मसान्त सम्म १ अर्ब ४० करोड ५८ लाख १४ हजार ८ सय ९६ रुपैया कुल पुजि रहेको सहकारीमा २० करोड ५ लाख ६५ हजार शेयर प’ँजी रहेको छ । १ अर्ब ५ करोड ४९ लाख ४० हजार २ सय २० कुल बचत रहेको सहकारीले १४ करोड ४७ लाख ४२ हजार ९ सय ६४ आम्दानी गर्दा ११ करोड ९५ लाख ४० हजार ५ सय १७ खर्च गरि २ करोड ५२ लाख २ हजार ४ सय ४७ पैया मु’नाफा गर्न सफल भएको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।
गलकोट सेवा केन्द्रमा मात्रै २ हजार ६ जना शेयर सदःय रहेकोमा २ करोड ६४ लाख ३५ हजार ६ सय शेयर पुजि रहेको सहकारीले १५ करोड ४८ लाख २३ हजार ८ सय ३९ बचत तथा २७ करोड ९३ लाख ६९ हजार ३१ लगानी रहेको सेवा केन्द्र प्रमुख रिमा भण्डारीले जानकारी दिनु भयो । १९ प्रकारका बचत रहेको सहकारीले बचत तथा ऋणको साथमा रेमिटेन्स, एटिएम तथा मिष्कल सेवा, क्युआर कोड सेवा, ईकाउण्टर सेवा मार्फत सदस्यलाई सेवा प्रवाह गदैं आईरहेको छ ।
सदस्य बनौ सिवाईसीमा हातेमालो देश बिकासमा भन्ने उद्घोषका साथ स्थापित सहकारीको ११ औं साधारण सभा तथा बिस्तारीत मञ्च सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता, गलकोट सेवा केन्द्र ब्यवस्थापन समिति संयोजक राम बहादुर खत्रीको स्वागत तथा गलकोट सेवा केन्द्रका सचिब खिम साहानीको संचालनमा सम्पन्न भएको थियो ।
साधारण सभाको बिस्तारीत मञ्च अन्तरगत मशिंर १५ गते बाट सुरु भई आगमी २२ गते सम्म सेवा केन्द्रहरुमा र २५ गते केन्द्रीय सभा संचालन गरि साधारण सभा सम्पन्न गरिने सहकारीले जनाएको छ । चालु आर्थिक ०७७ ÷०७८ को मंसिर दोश्रो सातामा आईपुग्दा सहकारीमा १२ हजार ५ सय ८८ शेयर सदस्य २२ करोड ७१ लाल ९३ हजार ६ सय शेयर पुजी र १ अरव ३१ करोड ७१ लाख ५ हजार ८ सय १४ वचत एवं कुल सम्पती १ अर्व ७५ करोड ६८ लाख १५ हजार ५ सय ८५ रहेको छ ।










