सिवाइसी सहकारीको साधारणसभा

राजेशचन्द्र राजभण्डारी
बागलुङ, १५ मंसिर । काेराेना भाइरस काेभिड १९ लाई लक्षित गरि सरकारले ठूला कार्यक्रम गर्न निषेधित गरेपछि सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङकाे ११ ओैं साधारणसभा सेवा केन्द्र स्तरीयमा सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशको सबैभन्दा धेरै शेयर सदस्य भएको साधारणसभा बागलुङ जिल्लाका १० वटा सेवा केन्द्रमा छुट्टाछुट्टै गरेर सम्पन्न गर्ने कार्यक्रम बनाएको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले सहकारी संस्था ७ वटा सिद्धान्त अनुसार चल्नुपर्छ ।सहकारीकाे शेयर सदस्य बन्दा राम्रोसँग बुझेर मात्र बन्नुपर्छ बागलुङमा सिवाईसी सहकारीले राम्रो काम गरिरहेकाे कारण यसले फड्को मारिरहेकाे छ यसलाई अझै राम्रोसँग अगाडि बढाउन सुझाव सापकोटाले राखेका थिए । स्वास्थ सहकारी संस्थाका काेषाध्यक्ष शालिकराम सापकोटा, मुक्तिराम आचार्य लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।

सिवाइसी सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको साधारणसभाकाे मालीका सेवा केन्द्रका, दीपक आचार्य संचालन तुलसीराम सापकोटाकाे स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभामा ८० बर्ष नाघेका जेष्ठ नागरिक देबी दत्त उपाध्याय र गंगा बिक, उत्कृष्ट बाल बचत कर्ता प्रभाव रेग्मी, उत्कृष्ट बचतकर्ता रूद्रकली जैसी सापकोटा असल ऋणी गंगा कुमारी सापकोटा असल सदस्य नारायण प्रसाद जैसीलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।

साधारणसभा प्रगति प्रतिवेदन सहकारीका सिइओ कवि न्याैपाने, आर्थिक प्रतिवेदन काेषाध्यक्ष सितादेबी सापकोटा कडेलले प्रस्तुत गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here