पोखरामा ११ वर्षीया अशक्त बालिका बलात्कृत

कास्की, १४ मंसिर । कास्कीमा शारीरिक तथा मानसिक रूपमा अशक्त बालिका बलात्कृत भएकी छिन् । शनिवार दिउँसो पोखरा महानगरपालिकाकी ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बालिका बलात्कारको आरोपमा प्रहरीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भइ पोखरा बस्दै आएका २९ वर्षीय दिपक भनिने प्रकाश नेपालीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले बताए ।

नेपालीलाई प्रहरीले शनिबार नै पक्राउ गरेको हो । एसपी श्रेष्ठकाअनुसार बालिका घरमा एक्लै भएको मौका पारी ललाइफकाइ नेपालीले उनीमाथि बलात्कार गरेका थिए । सो खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नेपालीलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here