
बागलुङ, १० मंसिर । बागलुङको गल्कोट नगरपालिकामा शिक्षक र स्वास्थ्य स्वयंसेविका सहित थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा आज (बुधबार) गल्कोट नगरपालिका वडा नम्बर २ का ४२ एक जना पुरुष, वडा नम्बर ३ का ५१ बर्षिय एक जना पुरुष र वडा नम्बर चारका ४० बर्षिय एक जना पुरुष र ४० र ४० बर्षिय दुई जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
संक्रमितहरु मध्य एक जना शिक्षक र एक जना स्वास्थ्य स्वयंसेविका रहेको घिमिरेले बताउनुभयो । संक्रमितहरुलाई होम आइसोलेसन र पालिकाको आइसोलेसन कक्षमा राखिने घिमिरेले बताउनुभयो ।









