बडिगाडमा पिकअप जीप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ, ८ मंसिर । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ५ दाँगामा सोमबार विहान पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बडिगाड–५ सुरखुरेबाट खारा तर्फ जाँदै गरेको लु १ ज ४३७० नम्बरको पिकअप जीप दुर्घटना हुँदा वडा नम्बर ५ दागाकी २२ बर्षिया टेकमाया राना र उनकी ७/८ महिनाकी छोरी छाँया रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रनाउ रेग्मीले दुर्घटनामा वडा नम्बर ५ दागाकी ६० बर्षिया गौमती रोक्का गम्भिर भाइते भएको बताउनुभयो । घाईते रोकालाई उपचारका लागि बडिगाड पोलिक्लिनिकमा लगिएको बताउनुभयो ।

सडक छेउमा जीप रोकेर स्थानीयको सामान लिँदै गर्दा जीप एक्कासी गुडेर दुर्घटना भएको बताइएको छ ।

जीप सडकबाट करिब ४ सय मटर तल खसेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here