गण्डकी प्रदेशमा लक्षण नभएका संक्रमितलाई १४ दिनमा डिस्चार्ज गरिने

बागलुङ, ७ मंसिर ।  गण्डकी प्रदेश सरकारले लक्षण नभएका कोरोना संक्रमितहरुलाई १४ दिनमा डिस्चार्ज गर्न अस्पताल र स्वास्थ्य कार्यालयलाई आग्रह गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा कार्तिक २६ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गण्डकी प्रदेशको बैठकले अस्पताल र स्थानिय पालिकाको आइसोलेसन र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएमा बिना परिक्षण स्वतः डिस्चार्ज गर्न आग्रह गरेकोले सोहि बमोजिम गर्न स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशका अञ्चल, जिल्ला अस्प्ताल, अञ्चल जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालयलाई मंसिर चार गते पत्रचार गरेको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा पत्रकाटी गण्डकी प्रदेश सरकारले कार्तिक २७ गते निर्देशनालयलाई निर्णयको कार्यान्वयन गर्न अनुरोध गरेकोले सम्पूर्ण अस्पताल र स्वास्थ्य कार्यालयलाई निर्णयको कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । उहाँले अस्पताल र स्वास्थ्य कार्यालयहरुलाई जारी गरेको पत्र अनुसार संक्रमण भएर लक्षण देखिएमा अस्पताल भर्ना हुन र नदेखिएमा १४ दिनमा परिक्षण नगरि स्वतः डिस्चार्ज गर्ने र स्वास्थ्य प्रोटेकल अपनाई दैनिक गतिविधिमा सम्लग्न हुन सक्ने बताउनुभएको छ ।

यसअगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएका संक्रमितहरुलाई विना परिक्षण १४ दिनमा डिस्चार्ज गर्न अनुरोध गरेपछि गण्डकी प्रदेश सरकारले परिक्षण रिपोर्ट नेगेटिभ नआएसम्म डिस्चार्ज नगर्ने जनाउँदै आएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here