जन्मदिनमा आश्रमलाई खाद्यान्न र सेनिटाइजर सहयोग

बागलुङ, ७ मंसिर । अनेरास्ववियू जिल्ला कार्यसमिति बागलुङका सदस्य हिमाल गौतमले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ ।

गौतमले आईतबार आफ्नो जन्मदिनको अवसरमा बागलुङ बजारमा रहेको मानवसेवा आश्रमलाई ८ हजार बराबरको खाद्यान्न र सेनिटाइजर सहयोग गर्नुभएको हो ।

जन्मदिनको दिन पाटी गरेर फुजुल खर्च गर्नुभन्दा मानविय सेवामा सहयोग गर्ने उद्देश्यले बागलुङ बजारमा रहेको आश्रमलाई चामाल, तेल, दाल लगायतका खाद्यान्न र कोरोना संक्रमणबाट सुरक्षित हुनको लागि सेनिटाइजर वितरण गरेको गौतमले बताउनुभयो । उहाँले उक्त सामाग्री आश्रमकी अभिभावक सुनिता श्रेष्ठ र सुमिरा लामालाई हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले युवापुस्ताले जन्मदिनको अवसरमा ठूलो ठूलो पाटी गर्दै खर्च गर्ने गरेको बताउँदै त्यसो गर्नुको साटो आश्रममा रहेकाहरुलाई एक छाक खाना खुवाउँदा पुन्य हुने भएकाले खर्च नगरि सहयोग गर्नुपर्ने बताउनुभयो ।

मानवसेवा आश्रममा ४० जना महिला, अपांग, जेष्ठ नागरिक, बालबालिका, मानसिक सन्तुलन कमजोर भएका ब्यक्तिहरूले आश्रय लिएर बसिरहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here