बागलुङमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र आर्मी सहित ८ जनालाई कोरोना संक्रमण

बागलुङ, ७ मंसिर । बागलुङमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नेपाली सेना सहित थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा आईतबार बागलुङ नगरपालिका वडा नम्बर १ का ५६ बर्षिय एक जना पुरुष, वडा नम्बर २ का ५२, ६४ र ६७ बर्षिय तीन जना पुरुष, ५१ र ४८ बर्षिया दुई जना महिला र वडा नम्बर ३ का ४१ बर्षिय एक जना पुरुष र नेपाली सेनाका ३५ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले संक्रमितहरु मध्य बानपा २ का ५२ बर्षिय एक जना पुरुष स्वास्थ्यकर्मी र संक्रमितहरु मध्य एक जना पुरुष बागलुङ नगरपालिकका जनप्रतिनिधि रहेको बताउनुभयो ।

यससँगै बागलुङमा संक्रमितहरुको संख्या ८ सय १० पुगेको छ । त्यसमध्य ६ सय ६८ जना निको भएका छन्भने ८ जनाको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here