युवा अवस्थामा अनुहारमा देखिने डण्डीफोरदेखि तपाई पनि खुब हैरान हुनुन्छ होला । प्रशस्त सुत्दा पनि डण्डीफोर कम हुने त मानिन्छ तर केही सजिला उपायहरूबाट डण्डीफोर नियन्त्रण गर्न सकिन्छ । विकिहाउले लेखे अनुसार दिनमा कम्तिमा तीन पटक राम्रोसँग मुख धुनुपनि डण्डीफोर घटाउने गतिलो उपाय हो ।

यस्ता छन् थप उपायहरू
– विहान, दिउँसो र वेलुकीको समयमा मनतातो पानीले राम्रोसँग मुखु हनु राम्रो हुन्छ । मुख धाएपछि सवा टावेलले पुछ्नुहोस र अनुहार सुख्खा राख्नुहोस ।
– अनुहार सुख्खा भएको बेला गतिलो क्रिम छान्नुहोस ।
– मुखमा आउने डण्डीफोरलाई छुने वा निचोर्ने काम नगर्नुहोस ।
– हप्ताको एक पटक डाक्टरको सल्लाह अनसार विभिन्न वस्तुले अनुहार लेपन गर्नुहोस र अनुहार मास्क लगाउनुहोस ।
– अनुहारमा अनावश्य क्रिमहरू नलगाउनुहोस ।
– अनुहारमा घाम पर्न नदिनुहोस ।
– चिल्लो खानेकुराहरू नखानुहोस । चकलेट र अन्य प्याकिङ गरिएको खानेकुराले पनि डण्डीफोर बढाउँछ ।
– प्रशस्त पानी पिउनुहोस । प्रशस्त पानी पिएको केही दिनमै तपाईको अनुहारमा फरकपन देखिने छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here