बागलुङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, २९ कार्तिक । बागलुङमा शनिवार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका का विभिन्न वार्डका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देबप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले बा.न.पा–१ का ६२, २६ र ३० वर्षिय ३ पुरुष र ६२, ५०, ४९, २५ र २४ वर्षिय ५ महिला गरी ८ जना बा।.न.पा–२ का ३१ र ४० वर्षिका २ पुरुष, बा.न.पा–३ कि ३० वर्षिय १ महिला र बा.न.पा–४ का ६९ वर्षिय १ पुरुष गरी १२ मा संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिनुभयो ।

सवै संक्रमितहरु कन्ट्याक टे«सिङमा परेपछि पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here