
बागलुङ, २८ कार्तिक । धौलागिरी अस्पताल र वडिगाड गाउँपालिकामा कार्यरत दुई जना कर्मचारी सहित बागलुङमा थप तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा धौलागिरी अस्पतालका एक कर्मचारी, बडिगाड गाउँपालिकका एक जना कर्मचारी र बागलुङ नगरपालिका २ का एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देबप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा कार्यरत २८ बर्षिय एक जना पुरुष, बडिगाड गाउँपालिकामा कार्यरत २७ वर्षिय एक पुरुष र बानपा २ का ७५ बर्षिया एक जना पुरुष गरि तीन जनालाई संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिनुभयो ।
संक्रमितहरु सवैलाई आइसोलेसन कक्ष लाने तयारी भई रहेको छ ।









