
बागलुङ, २७ कार्तिक । बागलुङ जिल्लाको गल्कोट नगरपालिकाका २ जना कर्मचारी सहित बागलुङमा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा गल्कोट नगरपालिकाका २ जना कर्मचारी सहित गल्कोट नगरपालिकाका तीन जना, बागलुङ नगरपालिकाका एक जना र ताराखोला गाउँपालिकका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देबप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँले गल्कोट नगरपालिकाका २६ बर्षिय एक जना पुरुष र २९ बर्षिया एक जना महिला नगरपालिकाका कर्मचारी र जापानबाट आएका गल्कोट नगरपालिका–३ का ३४ बर्षिय एक जना पुरुष, ताराखोला गाउँपालिका–५ का १९ बर्षिय एक जना पुरुष र बागलुङ नगरपालिका–१ का ४३ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । ताराखोलाका युवा रुकुमबाट आएको र बानपाका पुरुष विदेशबाट आइ होम क्वारेन्टाइनमा बसेका छन् ।
संक्रमितहरुलाई होम आइसोलेसन र पालिकाहरुको आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।









