ढोरपाटनका बाढी पीडितलाई बागलुङ समाज आयरल्यान्डको सहयोग

अनिश खाती
बागलुङ, २४ कार्तिक । ढोरपाटन नगरपालिका–९ बोबाङमा गत भदौ १७ गते भुजिखोलामा आएको बाढीले बगाएर आफन्त गुमाएका पीडितहरुलाई बागलुङ समाज आयरल्यान्डले राहत रकम हस्तान्तरण गरेको छ ।

समाजले ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैविक प्रकोप कोषमा ५ लाख १ हजार ८ सय १० रुपैयाँ जम्मा गरेको समाजका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँले बागलुङमा स्थायी घर भै हाल आयरल्यान्डमा बसोबास गर्दै आएका बागलुङबासी लगायत नेपालीहरुले मृत्तकका परिवारको दुःखमा साथ दिँदै तथा घाईते र पीडितहरुको लागि रकम संकलन गरि सहयोग गरिएको बताउनुभयो ।

जन्मथलोको हरेक दुःख र पीडामा सहकार्य गर्नेका साथै नेपाल र आयरल्यान्ड बिचको आत्मिय र भैतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले स्थापना गरिएको बागलुङ समाज आयरल्यान्डका समाजका अध्यक्ष प्रकाश सापकोटा कै संयोजकत्वमा राहात संकलन कार्य सुरु भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here