बागलुङमा जुवा खालबाट ८ जना पक्राउ

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २२ कार्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले जुवा तास खेलीरहेका ८ जना ब्यक्ति लाई पक्राउ गरि कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ ठुलो श्वारा स्थित खडानन्द आचार्यकाे खाली घरमा शुक्रबार राति १०.३० बजे जुवा खेलिरहेको अबस्थामा नगद ५४ हजार ७ सय ५४ रूपैयाँ सहित ८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजेन्द्र रेग्मीले बताए ।

पक्राउ पर्नेहरूमा बागलुङ नगरपालिका वडा ४ बस्ने ज्ञान बहादुर कार्की, वडा नम्बर ६ का कृष्ण बहादुर सार्की वडा नम्बर १० का सुर्य केसी, वडा नम्बर ११ का राजन आचार्य, वडा नम्बर ४ बस्ने सन्तोष केसी, बानपा १० का, यम बहादुर केसी, सुरज क्षेत्री र बाँके जिल्लाका तेज बिक्रम क्षेत्री २२० पत्ती तास सहित पक्राउ परेका सूचना अधिकारी रेग्मीले बताए । उनीहरुलाई जुवा ऐन अनुसार कार्वाही गरिने सुचना अधिकारी रेग्मीले बताए ।

जिल्लामा प्रहरीले सक्रियता बढाएपछि ठूलो ठूलो खालमा लाखौं रूपैयाँको खेल खेल्न भने यतिबेला बन्द भएको छ । केही दिन अघि प्रहरीले जुवा खेलिरहेका ५ जना पक्राउ गरेर कार्वाही गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here