
बागलुङ, २१ कार्तिक ।
बागलुङमा जनप्रतिनिधि, व्यवसायि र राजनितिकर्मी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा आज साझ बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका १ जना गरी ८ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय बागलुङका क्षेयरोग तथा कुष्टरोग निरिक्षक देव प्रकाश घिमिरेले जानकारीे ।
बागलुङ नगरपालिका ४ का ५४ वर्षिय महिला र ३१ वर्षिय पुरुष गरी २ जना, बानपा–२ का ८०, ५१ र २८ वर्षिय ३ महिला र ४६ र ४४ वर्षिय २ पुरुष गरी ५ जनामा साथै काठेखोला गाउँपालिका ८ का २७ वर्षिय एक पुरुष गरी जम्मा ८ जनामा संक्रमण पुष्टि भएको निरिक्षक घिमिरेले जानकारी दिनुभयो ।
संक्रमण पुष्टिहुनेमा बानपा २ का एक जना वडा सदस्य, तिन जना व्यवसायि र बानपा ४ का एक जना राजनितिकर्मी हुन ।
त्यस्तै आज दिउसो १ स्वास्थ्यकर्मि सहित ११ जनामा संक्रमण पुष्टि भएको थियो ।
यससँगै बागलुङमा संक्रमितको संख्या ७१९ पुगेको छ । त्यसमध्य ५८९ जना निको भएर घर फर्किएका छन्भने ८ जनाको मृत्यु भएको छ ।









