
बागलुङ, २१ कार्तिक ।
बागलुङमा एक जना महिला स्वास्थ्यकर्मी सहित थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा धौलागिरी अस्पतालमा कार्यरत एक जना ३३ बर्षिया महिला स्वास्थ्यकर्मी, बानपाका ६३, २०, १२ र ५ बर्षिय ४ जना पुरुष ६०, ५६ र ५० बर्षिय ३ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै काठेखोला ४ का २३ वर्षिय पुरुष र ताराखोला गाउँपालिकाका ३४ वर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय बागलुङका क्षेयरोग तथा कुष्टरोग निरिक्षक देव प्रकाश घिमिरेले बताउनुभयो ।
संक्रमितहरु बागलुङ नगरपालिकाका सवै कन्ट्याक टे«सिङमा परेकाहरु रहेको र काठेखोला र ताराखोलाका संक्रमित विदेशबाट आएर क्वारेन्टाइनमा वसेको घिमिरेले जानकारी दिनुभयो । उहाँले संक्रमितहरु मध्य केहि होम आइसोलेसनमा बस्ने, केहिलाई धौलागिरी अस्पताल बागलुङ, काठेखोला र ताराखोलाका संक्रमितहरु सोही पालिकाको आइसोलेसन कक्षमा राखिने तयारी भइरहेको बताउनुभयो ।









