धौलागिरी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

बागलुङ, २१ कार्तिक ।
धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोट पोजेटिभ आएको छ ।

श्वास प्रश्वासमा समस्या आएपछि धौलागिरी अस्पतालको इमरजेन्सी विभागमा ल्याइएका बागलुङ नगरपालिका–२ का ८० वर्षिय पुरुषको उपचारको क्रममा बुधवार दिउसो १ वजेर ३० मिनेट जादा मृत्यु भएको थियो ।

कोरोना संग मिल्ने लक्षण देखिय पछि पुरुषको बुधवार नै श्वाव संकलन गरि पोखराको क्षयरोग उपचार केन्द्रमा पिसिआर परीक्षणको लागि पठाइएकोमा आज पोजेटिभ आएको धौलागिरी अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । धौलागिरी अस्पतालको शवगृहमा रहेको उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने छ ।

यससँगै बागलुङमा मृत्तकको संख्या ८ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here