
बागलुङ, २० कार्तिक ।
जिल्ला स्वास्थ्य कार्यालाय बागलुङले कोरोना नियन्त्रण प्रभावकारी बनाउन सुरु गरेको ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ भन्ने जिम्मेवारी बोध गराउने कार्यक्रम आज जैमिनि नगरपालिका र जैमिनि प्रथामिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यलय बागलुङमा मंगलबार बाट सुरु गरिएको उक्त कार्यक्म एक हप्तासम्म सञ्चालन गरिने स्वास्थ्य कार्यलय बागलुङक प्रमुख सुरज गुरौले जानकारी दिनुभयो।
रोगबाट बच्ने उपाय अवलम्बन गर्न र प्रत्येक नागरिकलाई जिम्मेवारी बोध गराउने गरी सपथ खुवाउने कार्यक्रमलाई शुरु गरिएको हो । स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको ६ बुँदे सपथ नाराले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा सहयोग पुग्ने जिल्ला स्वास्थ्य कार्यलय बागलुङका क्षेयरोग तथा कुष्टरोग निरिक्षक देव प्रकाश घिमिरेले बताउनुभयो ।
कोरोना महामारी हाम्रो जिम्मेवारी कार्यक्रम अन्र्तगत यस कार्यक्रमको ६ बुँदे सपथमा म कोरोना भाइरसबाट म बच्छु, यदी आफूलाई लागेमा अरुलाई सर्नबाट जोगाउँछु, यसका लागि म जो कोहीसंग भेट्दा माक्स लगाउँछु, जो कोहीबाट दुई मिटरभन्दा पर बस्छु, नजिक जानुपरे १० मिनेट मात्रै बस्छु, केही नयाँ चिज छुनु परेमा साबुन पानीले हात धुने गर्छु र ज्वरो आएमा, खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा, स्वाद थाहा नपाएमा, वान्ता भएमा तथा झाडापखला लागेमा तुरुन्तै स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नेछु लगायतका कुराहरु रहेका छन् ।









