बागलुङमा जुवा खालबाट ५ जना पक्राउ

राजेशचन्द्र राजभण्डारी
बागलुङ, १८ कार्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले जुवा तास खेलीरहेका ५ जना ब्यक्तिलाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ श्रीमाया थापाले संचालन गरेको होटल बिसौनीको भुइँ तलामा मंगलबार जुवा खेलिरहेको अबस्थामा नगद ७८ हजार १०० रूपैयाँ सहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजेन्द्र रेग्मीले बताए ।

पक्राउ पर्नेहरूमा बागलुङ नगरपालिका वडा ४ बस्ने जाविर हुसेन, अख्तर हुसेन, लोकेन्द्र थापा क्षेत्री, श्रीमाया थापा क्षेत्री र पर्सा बिरगंजका मनिलाल राम ३ बुक तास सहित पक्राउ परेका लाई जुवा ऐन अनुसार कार्वाही गरिने सुचना अधिकारी रेग्मीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here