
बागलुङ, १८ कार्तिक । बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ बर्षिय एक जना कोरोना संक्रमित पुरुषको मंगलबार विहान १० बजेर २० मिनेट जादा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १२ गते धौलागिरी अस्पताल भर्ना भएका उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पतला भर्ना भएका उनलाई १२ गते नै अस्पतालको भेन्टिलेटरमा उपचार गरिएको र मंगलबार मृत्यु भएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । उनलाई अस्पताल भर्ना हुँदा थाइराइड, उच्च रक्तचाप र मधुमेहको समस्या देखिको थियो ।
यससँगै बागलुङमा मृत्तकको संख्या ५ पुगेको छ ।









