म्याग्दीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच जना गम्भिर घाईते

म्याग्दी १४ कार्तिक । म्याग्दीको गलेश्वर सडक खण्डमा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छभने ५ जना गम्भिर घाईते भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको ठाडाखानीदेखि सदरमुकाम बेनी बजार आएदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको र ५ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाईतेहरुलाई म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जीपमा सवार ७ जना मध्य ५ जना गम्भिर घाईते भएका छनभने एक जना सामान्य घाईते छन् । घाईतेहरुलाई सशस्त्र प्रहरी र स्थानियहरुले उद्धार गरि अस्पताल पुर्याएका हुन् ।

जीप सडकबाट खसी कालीगण्डकी नदीको किनारामा पुगेको छ । घटनाको विस्तृत विवरण नआएको जिल्ला प्रहरी कार्याल्य म्याग्दीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here