सम्पर्क विहिन भनिएका दुई जना संक्रमित बानपा–१ र ९ का

बागलुङ, ६ कार्तिक । बागलुङमा बिहिबार कोरोना संक्रमण पुष्टि भएका ३६ बर्षिय पुरुष बानपा–९ र २४ बर्षिया महिला बानपा–१ का रहेको पुष्टि भएको छ ।

धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले संक्रमित ३६ बर्षिय पुरुष बानपा–९ र २४ बर्षिया महिला बानपा–१ की रहेको बताउनुभयो । उहाँले संक्रमित पुरुष कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना भएपछि असोज ३० गते स्वाब संकलन गरिएको र उनलाई ज्वरो र खोकी निको भएपछि कार्तिक २ गते डिस्चार्ज गरिएको बताउनुभयो ।

यस्तै बानपा–१ की २४ बर्षिय महिलाको अप्रेसन गरि सुत्केरी भएपछि स्वाब परीक्षण गरिएको थियो । अप्रेसन गरि सुत्केरी हुनेहरुको पिसिआर परीक्षण गर्ने नियम अनुसार परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको सूचना अधिाकारी गौतमले बताउनुभयो । उहाँले संक्रमित महिलाको असोज ३० गते स्वाब संकलन गरिएको र कार्तिक १ गते डिस्चार्ज गरिएको बताउनुभयो ।

संक्रमितहरुलाई शुक्रबार विहान आइसोलेसनमा लैजाने बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुशिल पौडेलले संक्रमितहरुलाई सम्पर्क गरि जानकारी गराइएको र शुक्रबार विहानै आइसोलेसनमा लगिने बताउनुभयो । उहाँले बानपा–९ का संक्रमित पुरुष बानपा–३ गुठीमा बस्दै आएको समेत जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here