६६ विपन्न दलित परिवारलाई दशै राहत वितरण

नवीन शिशिर विक
बागलुङ, २ कात्तिक । बागलुङ नगरपालिका-१२ अमलाचाैरका ६६ विपन्न परिवारलाई वडा दशैकाे अवसरमा खाद्यान्न सामाग्री वितरण गरिएकाे छ ।

विश्वकर्मा कल्याणकारी समाज युकेकाे सहयाेग र नेपाली वेयल फेयर साेसाईटीकाे समन्वयमा प्रती परिवार २५ किलाे चामल, चार पाेका खाने तेल र दाल वितरण गरिएकाे हाे ।

काेराेनाकाे कारण राेजगार विहिन तथा मजदुर परिवारलाई दशैकाे अवसरमा सहज चाडपर्व मनाउन सहयाेग गर्ने उदेश्यका साथ दशैकाे अवसरमा सहयाेग गरेकाे राहत वितरणका संयाेजक टिकाकुमारी विकले जानकारी दिनुभयाे ।

बाँचाै र बचाउ अभियान अन्तर्गत समाजले नेपालमा बाढी पहिराे पीडित, जातिय छुवाछुतकाे घटना तथा काेराेनाकाे कारण पीडामा रहेका दलित समुदायलाई अार्थिक तथा खाद्यान्न सहयाेग गर्दै अाएकाे विश्वकर्र्मा कल्याणकारी समाज युकेका अध्यक्ष चन्द्र बहादुर सुनारले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा बाेल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका बागलुङ जिल्ला ईन्चार्ज वलावति शर्माले विदेशमा अाफ्नाे छाक काटेर पीडामा रहेका नेपालीलाई सहयाेग गर्नु अनुणिय कार्य भएकाे बताउनुभयाे । उहाँले विपन्न परिवारलाई राज्यले विशेष पहल र प्याकेज कार्यक्रम संचालन गर्नुपर्नेमा जाेडदिनुभयाे ।

काेराेनाकाे कारण छाक टार्न समस्यामा परेका परिवारलाई वडा कार्यालयले पनि खाद्यान्न सहयाेग गरेकाे वडाध्यक्ष गुरूदत्त पाठकले बताउनुभयाे । वडाध्यक्ष पाठकले दशैकाे खानपिन, दान दक्षिण तथा घरमाईत जाने विषयमा अाफ्नाे क्षमता र काेराेनाकाे त्रासलाई ख्याल गर्न आग्रह गर्नुभयाे ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here