जेसिज युवा सम्मान जनप्रतिनिधि लामिछाने र व्यवसायी श्रेष्ठलाई

बागलुङ, १ कार्तिक । बागलुङ जेसिजले हरेक वर्ष जेसिज सप्ताहमा प्रदान गर्दे आएको जेसिज युवा सम्मानबाट यस वर्ष दुई जना युवा सम्मानित भएका छन् ।

जेसीज बागलुङले जेसिज सप्ताह २०२० को अन्तिम दिन बिहिबार बागलुङ नगरपालिका–१ रामरेखाका वडा सदस्य सूर्य लामिछाने र सोहि वडाका युवा व्यवसायी सुदिप श्रेष्ठलाई युवा सम्मानबाट सम्मानित गरेको हो ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय बागलुङ जेसिजले वर्ष २०२० को जेसिज सप्ताहमा कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अग्रमोर्चामा खटिएर काम गरिरहेका बानपा–१ का वडासदस्य लामिछाने र युवा अवस्थामा नै व्यवसायीबाट राम्रो छाप छाड्न सफल भएका श्रेष्ठलाई सम्मानित गरिएको जेसिज बागलुङका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिनुभयो ।

जेसिज सप्ताहाको समापन कार्यक्रममा नेपाल जेसिज क्षेत्र ख निरुपीत कार्यकारिणी अपध्यक्ष लालमणी भण्डारी, बागलुङ जेसिजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष तारा प्रसाद शर्मा लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षयता, जेसिजका कार्यकारिणी उपाध्यक्ष रामचन्द्र गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जेसिज सप्ताहा असोज २३ गतेबाट सुरु भएको थियो ।

यवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय बागलुङ जेसिजले वर्ष २०२० को जेसिज सप्ताहा बिहिबार सम्पन्न भएको छ । सप्ताहको अन्तिम दिन युवा सम्मान गरीसमापन गरेको हो । समाजमा विभिन्न विधामा सकरात्मक काम गरेका युवाहरुलाई जेसिज युवा सम्मानले सम्मानित गरीने बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here