
बागलुङ, ३० असोज । बगलुङमा एक जना व्यवसायी र एक जना नेपाल आर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा शुक्रबार बानपा–२ का ३८ बर्षिय एक जना पुरुष र नेपाली सेनाका ४५ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
उहाँले बानपा–२ का ३८ बर्षिय पुरुष व्यवसायी रहेको बताउनुभयो । उनी व्यवसायी केहि दिन पहिले काठमाडौं गएर फर्किएपछि कोरोनाको लक्षण ज्वरो, खोकी लागेपछि पिसिआर परीक्षण गरिएको संक्रमण पुष्टि भएको प्रमुख खनालले बताउनुभयो । उहाँले संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताउनुभयो ।
आज विहान नै गल्कोट नगरपालिकामा ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।









