
बागलुङ, ३० असोज । बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा शुक्रबार एक जना शिक्षक सहित थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा गल्कोट नगरपालिका वडा नम्बर ४ का ४८ बर्षिय एक जना महिला र ३० बर्षिय एक जना पुरुष, वडा नम्बर ६ का ३८, ३७ र ४७ बर्षिय तीन जना पुरुष, वडा नम्बर ९ का ४८ बर्षिय एक जना महिला, वडा नम्बर ७ का ५५ बर्षिय एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु मध्य एक जना शिक्षक, तीन जना कन्ट्याक टे«सिङबाट पुष्टि भएको र तीन जना भारतदेखि आएका रहेको क्षयरोग, कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले वडा नम्बर ७ की ५५ बर्षिय महिला शिक्षक रहेको र उनी चितवनबाट आएको बताउनुभयो । यस्तै वडा नम्बर ६ का ३८ र ३७ र ४७ बर्षिय तीन जना पुरुष कन्ट्याक टे«सिङमा परेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको र वडा नम्बर चार का ४८ बर्षिय महिला र ३० बर्षिय पुरुष र वडा नम्बर ९ का ४८ बर्षिय महिला भारतदेखि आएर क्वारेन्टाइनमा बसेको घिमिरेले बताउनुभयो ।
संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।
यससँगै गल्कोट नगरपालिकामा संक्रमितहरुको संख्या ८६ पुगेको छ ।









