बेनी अस्पतालमा उपचारको लागि आएका दुई जना बिरामीलाई कोरोना पुष्टी

म्याग्दी, २९ असोज । बेनी अस्पतालमा उपचारका लागि आएका २ जनामा बिरामीमा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमणको लक्षण सहित असोज २६ गते अस्पतालको ओपिडी सेवामा उपचारका लागि पुगेका पर्वतको जलजला गाउँपालिका-३ का ४९ बर्षिय पुरुष र रघुगंगा गाउँपालिका-५ रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुष रहेको बेनी अस्पतालले जनाएको छ ।

संक्रमति मध्ये जलजला–३ स्थायी घर भएका पुरुष कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । उनी बेनीको एक सहकारीका प्रबन्धक भएपनि विगत १० दिनदेखि होम क्वारेन्टाइनमा रहेका छन् भने हाइड्रोपावरमा कार्यरत पुरुष हाइड्रोपावरको क्वारेन्टाइनमा बसेका थिए ।

म्याग्दीमा समेत पछिल्लो समय कोरोनाको लक्षणको आशंकामा उपचारका लागि आउने क्रम अति आवश्यकता परेमा मात्रै अस्पतालमा उपचारमा लागि आउन चिकित्सकलले अपिल गरेका छन् ।

‘लक्षण देखिएपछि उपचारका लागि आएका स्बाब दिएर होम क्वारेन्टाइनमा बसका थिए,‘संक्रमतिको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ’ अध्यक्ष बेलबहादुर कटुवालले भने ।

बेनी अस्पतालमा पहिलोपटक ओपडीमा उपचारका लागि आएका बिरामीका कोरोना पुष्टी भएपनि सेवा निरन्तर सञ्चालन हुने जनाइएको छ ।

यता स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले दुवै संक्रमति अस्पतालमा उपचारका लागि पुगेपनि अझैपनि समुदाय कोरोनाबाट सुरक्षित रहेको बताए

उनका अनुसार म्याग्दीबाट पोखरा, काठमाण्डौ, चितवनमा समेत उपचारका लागि गएको अवस्थामा कोरोना पुष्टी भएपनि समुदायमा कोरोना अहिलेसम्म नदेखिएकाले थप सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

पछिल्लो समय कोरोना समुदायस्तरमा फैलिएको काठमाण्डौ र तराईका जिल्लाबाट समेत समुदायस्तरमै आउने क्रम बढेपछि कोरोनाको संक्रमणको जोखिम ह्वात्तै बढेको पछि होम क्वारेन्टाइनको कार्यान्वयनलाई प्रभावकारी बनाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here