बागलुङमा पुलिस, आर्मी र जनप्रतिनिधि सहित थप ५१ जनालाई कोरोना संक्रमण

बागलुङ, २९ असोज । बागलुङमा नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र उच्च अदालत पोखरा बागलुङ इजलासका सहित थप ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा बिहिबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिकाका २०, २० बर्षिय दुई जना पुरुष, तमानखोला गाउँपालिकाका २६ बर्षिय एक जना पुरुष र २९ र ३६ बर्षिय दुई जना महिला, बागलुङ नगरपालिकाका३०, ३७, २६, २४, ३१, २३, ५०, २६, २७, ३३, २६, ४६, २, ३४, ५२, ५५, ४५, ३२, ३५, ४०, ५०, ३८, ३६, ३६, ३५, ३४, ३५, १२, ३४, २८, २०, २१, २१, २३, २९, २७, २८, २५, २५, २१ र २६ बर्षिय ४१ जना पुरुष र १४, १०, ४४ र ३१ बर्षिय चार जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

बागलुङ नगरपालिकाका संक्रमितहरु मध्य नेपाली सेनाका २२ जना र एक जना सेनाको बच्चा, १४ जना नेपाल प्रहरी, उच्च अदालत पोखरा बागलुङ इजलासका तीन जना, एक जना बागलुङ नगरपालिकाका जनप्रतिनिधि र पाँच जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका र अन्य संक्रमितको कन्ट्याक टे«सिङका हुन्भने काठेखोला गाउँपालिका दुई जना जिल्ला प्रहरी कार्यालयका थुनुवा र तमानखोलाका तीन जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले बागलुङ नगरपालिकामा भारतदेखि आएका पाँच जना मध्य तीन जना होम क्वारेन्टाइनमा र दुई जना नगरपालिकाको क्वारेन्टाइनमा बसेको बताउनुभयो ।

नेपाली सेना, प्रहरी, न्याय सेवाका कर्मचारी, जनप्रतिनिधि संक्रमितको कन्ट्याक टे«सिङमा परेपछि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा एकै पटक धेरै धेरै जनाको कोरोना पुष्टि भएको र समुदायस्तरमै संक्रमण देखिएकोले भयावह अवस्था सुरु भएको नगरस्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । उहाँले विना काम बजारमा हिडडुल नगर्न र अत्यावश्यक अवस्थामा सुरक्षाका मापदण्ड पुरा गरेर मात्र हिडडुल गर्न अनुरोध गर्नुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here