बागलुङ बजारका मासु पसल विगतको तुलनामा सुधारन्मुख

सुवास आचार्य
बागलुङ, २८ असोज । बागलुङ बजारका मासु पसल विगतको तुलनामा सुधारउन्मुख हुदै गएको पाईएको छ । बुधवार गरिएको अनुगनको क्रमममा विगतका गरिएको अनुगनमा जस्तो कमजोरी फेला नपरेको अनुगमन टोलीले जनाएको हो ।

घरेलु तथा साना उद्योग कार्यलय बागलुङको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यलय, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता मञ्च र पत्रकारको प्रतिनिधित्वमा २१ वटा मासु पसल अनुगमन गरिएको थियो ।

केही मासु पसलमा एप्रोन प्रयोग नगरी मासुको काम गरेको, मासु जालीले नछोपेको, मूल्यसूची अध्यावधिक नगरेको पाइएको छ । २१ वटा पसल अनुगमन गरिएकोमा ३ वटा पसल दर्ता विना संचालन भएकोले ७ दिन भित्र दर्ता गरी संचालन गर्न निर्देशन दिईएको टोलिका संयोजक तथा घरेलु तथा साना उद्योग कार्यलय बागलुङका प्रमुख गुमादेवी शर्माले बताउनुभयो ।

विगतका अनुगनका क्रममा अस्वस्थकर मासु खुलेआमा विक्री गरेको पाईएपनि यस पटक भने धेरै कुरामा सुधार आएको पाईएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बागलुङका प्रमुख केदार पौडेलले बताउनुभयो । यसअघि मंगलवार गरिएको खाद्यान्न पसल अनुगमनका क्रममा लेवल नभएका सामानहरु विक्री वितरण, मूल्य सूचि नभएका तथा अपडेट नभएको म्याद नाघेका, नापतौल प्रमाणिकरण नभएका खाद्य तथा खाद्यन्न वस्तुहरु भेटिएको भएपनि बजारका मासु पसलको अवस्था सुधार हँुदै भएको जिल्ला प्रशासन कार्यलय बागलुङका नायव सुव्वा राम प्रसाद उपाध्यायले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here