कोरोनाको कारण बागलुङका एक बृद्धको पोखरामा मृत्यु

बागलुङ, २८ असोज । कोरोना संक्रमणका कारण बागलुङका एक बृद्धको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । चरक मेमोयिल अस्पतला पोखरामा उपचाररत बागलुङ नगरपालिका–३ का ७७ बर्षिय एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

असोज २५ गते पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएका उनको आज (बुधबार) दिउँसो १२ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई मधुमेह, उच्च रक्तचाप, र मुटु सम्बन्धि समस्या रहेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज २५ गते विहान धौलागिरी अस्पताल बागलुङ पुगेका वृद्धलाई पोखरा रिफर गरिएको थियो ।

मृत्यु बृद्धले बागलुङमा किराना पसल संचालन गर्दै आएका थिए ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अगाडी भारतदेखि आइ क्वारेन्टाइनमा बसेका निसीखोला गाउँपालिकाका एक पुरुषको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here