
बागलुङ, २८ असोज । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा बुधबार पीकअप जीप दुर्घटना भएको छ ।
बागलुङ सदरमुकामदेखि जैमिनीको दमेक जाँदै गरेको ग १ च ९३१७ नम्बरको पीकअप जीप दुर्घटना भएको हो ।
जीपमा सवार मध्ये ५ जना सामान्य घाईते भएको प्रहरी चौकी कुश्मीसेराले जानकारी दिएको छ । घाईतेहरुको कुश्मीसेरा स्वास्थ्य चौकीमा उपचार भईरहेको बताईएको छ ।









