
सुवास आचार्य
बागलुङ, ७ असोज । निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० औ स्थापना दिवस मनाईएको छ । स्थापना दिवसको अवसरमा चेम्बर अफ कमर्श बागलुङले कोरोनाको जनचेतना मुलक गरी मास्क वितरण गरेको हो ।
कोभिड १९ (कोराना) ले विश्व जगतमा महामारीको रुपमा लिदै गई रहेको समयमा चेम्वर अफ कमर्शले निशुल्क मास्क वितरण गरेको छ । बागलुङ जनि कोरोनाको उच्च जोखिममा रहेको भन्दै कोरोना रोकथाममा सहयोग पु¥याउने उदेश्यका साथ मास्क वितरण गरेको बागलुङ चेम्वर अफ कमर्शका सचिब तेज वहादुर कुवँर सान्तोषले जानकारी दिनु भयो ।
बागलुङ वजार ,बागलुङ नगरपालिका वडा नम्वर ४ उपाल्लचौर कुडुलेका स्थानिय र मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरहरुलाई मास्क वितरण गरेको कुवरले वताउनु भयो ।
कोरोनाको कारण विगतका वर्षमा जस्तो स्थापना दिवसमा औपचारीक कार्यक्रम नगरेपनि यस पटक मास्क वितरण र माईकिङ गरी कोरोना भाईरसको वारेमा जनचेता गराएको जनाईएको छ ।
व्यवसायी तथा उपभोक्ताहरुमा हार्दिक विषम परिस्थितिमा सबै सचेत बनी आवश्यक सुरक्षा तथा सावधानी अपनाई व्यापार व्यवसाय गर्नुहुन अपील समेत गरेको छ ।










