
बागलुङ, २७ असोज । बागलुङका पर्यटन तथा धार्मिक क्षेत्रको विषय समेटेर निर्माण गर्न लागेको चलचित्र ‘बुकी’ को लागी आर्थिक संकलन अभियान थालिएको छ ।
हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा.लि को ब्यबस्थापनमा पर्यटकीय, धार्मिक तथा साँस्कृतिक पक्ष समेटेर पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको हो ।
‘बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरि हामीले ऐतिहासिक चलचित्र बुकि निर्माणको अभियान थालेका छौ,’ निर्माण संयोजक राजन केसी मोहनले भन्नुभयो , जिल्लालाई पर्यटकीय गन्तब्य बनाउन सफल हुने छाँै ।
‘अहिले चलचित्रको कथाबस्तुको काम सकिएको छ, उहाँले भन्नुभयो–‘ चलचित्र निर्माणको लागि आवश्यक आर्थिक संकलनमा जुटेका छौँ । स्थानीय तह, संघ सस्था, प्रवासी तथा स्थानीय नागरिकसंगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण गर्ने अभियानका सचिव थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।
चलचित्र निर्माणको लागि विगत दुई वर्षदेखि तयारी गरिएको थियो । ‘कोरोना महामरीले अभियान प्रभावित भएका थापाले बताउनुभयो । आर्थिक संकलनको लागि सांगिति कार्यक्रम आयोजना गरिएको भए पनि कोरोनाले प्रभावित बन्यो ।
चलचित्र नामाकरण नेपालको एक मात्रा सिकार आरक्ष ढोरपाटनमा पाईने ‘बुकि’ फूलबाट गरिएको हो । चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार हुने छ ।
चलचित्र निर्माणको लागी १ करोड ४० लाख खर्च हुनेछ । निर्माण भएपछि हुने आम्दानी पर्यटकीय गन्तब्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने निर्माण समितिले जानकारी दिएको छ ।









