बागलुङमा सरकारी कर्मचारी र आर्मि सहित थप ७ जनालाई कोरोना संक्रमण

बागलुङ, २६ असोज । बागलुङमा सरकारी कर्मचारी र आर्मी सहित थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा नेपाली सेनाका २२ र ३१ बर्षिय दुई जना पुरुष, बागलुङ नगरपालिका वडा ७ का ५२ बर्षिय पुरुष, वडा नम्बर १० का २९ बर्षिय पुरुष, वडा नम्बर ४ का ३६ बर्षिय पुरुष, वडा नम्बर १ का ३४ बर्षिय पुरुष र वडा नम्बर २ का ७७ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पसर्न याम बरालले बताउनुभयो ।

उहाँले संक्रमित मध्य दुई जना नेपाली सेना, एक जना सरकारी कर्मचारी र एक जना शनिबार कोरोना पुष्टि भएका बानपा–२ का व्यवसायीको कन्ट्याक टे«सिङका र अन्य भारतबाट आएर क्वारेन्टाइनमा बसेको बताउनुभयो ।

उहाँले संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here