बागलुङका सहकारीका प्रवन्धक तथा म्यानेजरहरु संगठित

बागलुङ, २५ असोज । बागलुङका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुको भेलाले म्यानेजर्स क्लब गठन गरेका छन् ।

बागलुङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुको पहलमा क्लव गठन गरिएको हो ।

जिल्ला प्रसाशन कार्यलय बागलुङ क्लव दर्ता गरी बागलुङ नगरपालिका वडा नम्वर २ हल्लनचोकमा कार्यलय स्थापना गरिए छ । कार्यलय उद्घाट पश्चात क्लबले सहकारी ब्यबस्थापकका समसामयिक सवालहरूमा सिकाई आदानप्रदान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा वोल्ने वक्तहरुले अहिले चुनौतीको रूपमा रहेको एक ब्यक्ति एक सहकारीको निति लाई सहकारीले के कसरी संस्थागत गरेर जान सकिन्छ त्यसको लागि सहकारीका ब्यबस्थापकहरूले भुमिका खेल्न आबश्यक रहेको धारणा बक्ताहरूले राखेका थिए ।

कार्यक्रममा ग्रिन डेभलपमेन्ट बैंकका निर्देशक कृष्ण शंकर श्रेष्ठ, नेफ्स्कोनका संचालक तथा सिवाईसि सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष चण्डी प्रसाद शर्मा लगायतका बक्ताहरूले जिल्लामा रहेको सहकारी संस्थाहरू प्रतिस्पर्धिको रूपमा नभएर सहयोगीको रूपमा हेर्न जरुरी रहेको धारणा राखेका थिए ।

उक्त क्लबले बागलुङ जिल्ला भर रहेका सहकारीहरु विच एक आपसमा सम्बन्ध बिस्तार, समन्वय र अनुभव आदानप्रदान गर्ने उद्देश्यले साकोस म्यानेजर बागलुङ गठन गरिएको नब गठित क्लबका अध्यक्ष कवि न्यौपानेले वताए । सहकारी संस्थाहरुको मानव संसाधन विकास गर्दै संस्था सञ्चालनमा एकरुपता कायम गरी बढि भन्दा बढि समुदायमुखी बनाउनको लागि भूमिका खेल्ने वताए ।

कार्यक्रमको अध्यक्षता सहकारी ब्यबस्थापक क्लबका अध्यक्ष कवि न्यौपाने स्वागत चन्द्रा क्षेत्री संचालन त्रिलोचन रिजालले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here