आर्मी, पुलिस, व्यवसायी र अदालतका कर्मचारी सहित ३६ जनालाई कोरोना संक्रमण पुष्टि

बागलुङ, २४ असोज ।  बागलुङमा आर्मी, पुलिस, थुनुवा, व्यवसायी र अदालतका कर्मचारी सहित थप ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा शनिबार अर्जुनवाण गण घोडाबाँधेका १२ जना, बाहिनी अड्डा बागलुङका १८ सैनिक, एक जना व्यवसायी, दुई जना पुलिस, एक जना थुनुवा र उच्च अदालत पोखरा बागलुङ इजलासका दुई जना कर्मचारी सहित ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताउनुभयो ।

फोकल पर्सन बरालले ४१, ३५, २४, ३३, ३३, ३०, २६, २४, २२, २१, २१, २५, ३५, ५१, ३५, ३५, ३०, २४, ३१, २४, २७, २८, ३४, २३, ३१, ३३, ३४, २६ र ३४ बर्षिय २९ जना पुरुष र १९ बर्षिय एक जना महिला सहित ३० जना नेपाली सेना, ३० र ३६ बर्षिय दुई जना पुरुष जिल्ला प्रहरी कार्यालयका प्रहरी, ३६ बर्षिय एक जना पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा, ५६ बर्षिय बागलुङ नगरपालिका–२ का व्यवसायी, ३१ बर्षिय एक जना पुरुष र ३२ बर्षिय एक जना महिला गरि दुई जना उच्च अदालत पोखरा बागलुङ इजलासका कर्मचारीलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

बागलुङ नगरपालिका–२ का व्यवसायी काठमाडौं गएर आएपछि कोरोनाको लक्षण देखिएकोले परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुलाई आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको फोकल पर्सन बरालले बताउनुभयो ।

यस्तै आज (शनिबार) नै बागलुङमा ११ जनालाई संक्रमण पुष्टि भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here