
बागलुङ, २४ असोज । बागलुङमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा शनिबार बागलुङ नगरपालिकाका ७ जना जैमिनी नगरपालिकाका ३ जना र ताराखोला गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
प्रमुख खनालले बागलुङ नगरपालिका–९ का २३ र ३० बर्षिय दुई जना पुरुष, वडा नम्बर १० का ४३ बर्षिय एक जना पुरुष, वडा नम्बर १ का ३८ बर्षिय एक जना पुरुष र ३५ बर्षिय एक जना महिला, वडा नम्बर ५ का ५५ बर्षिय एक जना पुरुष र बानपा–७ का ४५ बर्षिय एक जना महिला, जैमिनी नगरपालिका–१० का ४२ बर्षिय एक जना पुरुष, वडा नम्बर ७ का ३० बर्षिय एक जना पुरुष, वडा नम्बर ५ का ३४ बर्षिय एक जना पुरुष र ताराखोला गाउँपालिका–३ का ३३ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
उहाँले बागलुङ नगरपालिकाका एक जना जनप्रतिनिधि, एक जना स्वास्थ्यकर्मी र २ जना बागलुङ नगरपालिका ९ तित्याङमा रहेका तामाखानीमा काम गर्ने नेपाली सेनाका सैनिकहरुलाई बोक्ने सवारी चालक र सहचालक रहेको र अन्य भारतदेखि आइ होम क्वारेन्टाइनमा बसेका रहेको बताउनुभयो ।
ताराखोला-३, का ३३ बर्षीय पुरुष, जैमिनी-१० का ४२ बर्षीय पुरुष र जैमिनी-५ का ३४ बर्षीय पुरुष क्रमशः जापान, भारत र बारा जिल्ला बाट आउनुभएको हो |
संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो ।









