जेसीज सप्ताह आजदेखि

बागलुङ, २३ असोज । बागलुङ जेसीजले यस वर्षपनि जेसीज सप्ताह गर्ने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको जेसीज सप्ताह आजदेखि सुरु हुने भएको छ ।

बागलुङ जेसीजले बिहिबार पत्रकार सम्मेलन गरि यस वर्षको जेसीज सप्ताह आजदेखि असोज २९ गतेसम्म गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा जेसीज सप्ताह २०२० का मूल संयोजक सौरभ श्रेष्ठले जेसीजले सप्ताहको पहिलो दिन आज (शुक्रबार) उद्घाटन तथा रक्तदान कार्यक्रम गर्ने जानकारी दिए । यस्तै दोस्रो दिन पार्लियामेन्ट्री मिटिङ र कार्यविधि तालिम, तेस्रो दिन मालढुंगामा रहेको बोर्ड व्यवस्थापन, चौथो दिन निरहेघाटमा रहेको आश्रममा सामाग्री वितरण कार्यक्रम, पाचौं दिन एफएमबाट गजल प्रतियोगिता, छैटौं दिन जुम मार्फत अन्तरक्रिया कार्यक्रम र अन्तिम दिन यूवा सम्मान तथा समापन कार्यक्रम गर्ने जानकारी दिए ।

जेसीज बागलुङका अध्यक्ष सुरेन्द्र शाक्यले यस वर्ष कोरोना संक्रमणको जोखिम कायम भएकोले भीड हुने कार्यक्रम नराखिएको बताए । उनले कोरोना महामारीको बेला जेसीज बागलुङले पहिलेदेखि कोरोनाको जोखिममा रहेकाहरुलाई राहत वितरण लगायतका कार्यक्रम गरिरहेकोले बताउँदै सप्ताहव्यापी कार्यक्रममा निरहेघाटमा रहेको आश्रमलाई सामाग्री वितरण कार्यक्रम राखिएको बताए ।

अध्यक्ष शाक्यले युवाहरुको क्षमता विकास गर्ने, आन्तरिक प्रतिभालाई उजागर गराउने र सकारात्मक परिवर्तनका लागि जेसीज सप्ताह गर्न लागिएको बताए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले जेसीजले युवाहरुको क्षमता विकासमा महत्वपूर्ण भूमिका निवाह गरेको बताउँदै जेसीज सप्ताहको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here