
बागलुङ, २२ असोज । बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सास्थाले संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत डस्टबिन वितरण गरेको छ ।
सहकारीले ११ औ समृद्धि दिवसको अवसरमा बागलुङ नगरपालिका–४ मा रमेटरामा रहेको प्रगतीनगर टोल विकास संस्थालाई डस्टविन वितरण गरेको हो ।
स्वस्थ सफा सुन्दर टोल निर्माण अभियान वनाउने उदेश्यले टोल विकास सस्थाको माग अनुसार अभियानमा सघाउ पुर्याउने उदेश्यले ९ हजार मुल्य बरावरका ३ वटा फलामका डस्टबिन वितरण गरिएको सहकारीले जनाएको छ ।
कार्यक्रममा वोल्दै सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले सहकारीले वचत तथा ऋणको काम मात्र नभई समुदायमा सकारात्मक प्रभाव पार्ने गतिविधिमा सघाउने बताउनुभयो ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष सिता सापकोटा, बागलुङ चेम्वर अफ कमर्सका सचिव तेज वहादुर कुवर सन्तोष लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रगतीनगर टोल विकास संस्थाका अध्यक्ष भिम वहादुर खत्रीको अध्यक्षता कोषाध्यष रेखा शर्माको स्वागत र सचिव नारायण शर्माको संचालनमा सम्पन्न भएको थियो । सहकारीले ३ वटा डस्टविन सहयोग गरेपछी रमेटार खानेपानी उपभोक्ता सस्था,चुत्रेनी वानेको पाखो सामुदायिक वन उपभोक्ता समितिले समेत टोल विकास सस्थालाई एक एक थान डस्टबिन सहयोग गरेका छन् ।
सहकारीले समृद्धि दिवसको अवसरमा जिल्लाका अन्य १० वटा सदस्य सेवा केन्द्रमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ ।
११ हजार ७ सय ७२ सेयर सदस्य, २२ करोड १ लाख ९३ हजार ५ सय सेयर पूँजी, १ अर्ब २७ करोड ९१ लाख ७६ हजार बचत रहेको छ संस्थाको ९१ करोड ८ लाख ३ हजार ८ सय ६१ रुपैयाँ लगानी गरेको छ ।
दायित्वरहित कोष ६ करोड ७३ लाख ४० हजार ४ सय ६१ रुपैयाँ रहेको सहकारीको कुल सम्पत्ति १ अर्ब ७१ करोड ६० लाख २८ हजार २ सय ४२ रुपैयाँ छ । सहकारीको मुख्य कार्यालयसहित जिल्लाका ११ स्थानका सेवा केन्द्रमा ६६ जना जनशक्ति कार्यरत रहेका छन् ।









