सितारियो कराते नगर कमिटी गठन

बागलुङ, २१ असोज । बागलुङ नगर क्षेत्रका कराते खेलाडीहरुको भेला बुधबार सम्पन्न भएको छ ।

भेलाले सुरज बोसेलको अध्यक्षतामा सितोरियो कँराते बागलुङ नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा धुर्व खडका, सचिवमा महेन्द्र जिसी र कोषाध्यक्षमा पुष्पा क्षत्री रहनुभएको छ ।

कमिटीको सदस्यमा मोहनकुमार थापा, राजकुमार बोसेल, सञ्जल श्रेष्ठ, कपिल रोका र एलिसा थापा रहनुभएको छ । भेलाले दुर्गाबहादुर खत्री, कमल खडका, कृष्ण कार्की, अर्जुन खडका, राजन पाईजा र सम्पुर्ण श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुरज बोसेलले कराँते खेलको विकास र प्रवद्र्धनको लागि स्थानीय तहसँग समन्वय गरी संस्थागत गर्ने बताउनुभयो ।

सोही अवसरमा कराँते सहायक प्रशिक्षक धनदास महर्जनलाई विदाई गरिएको थियो । खेल जागिरको नियमित अवकार प्राप्त पछि विदाई हुनुभएका महर्जनलाई सितोरियो कराँते संघ बागलुङले बागलुङ कालिका मन्दिरको मायाको चिनो उपहार दिएर विदाई गरेको हो ।

विदाई कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकले महर्जनले बागलुङको कराँते खेलको विकास गर्न अनुलनीय योगदान रहेको चर्चा गरेका थिए । सहायक प्रशिक्षक महर्जनले खेलाडी तथा खेलसँग सरोकारवाला संस्थासँगको मधुर सम्बन्धले बागलुङ बसाइँको २७ बर्ष सुःख रहेको स्मरण गर्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here