बागलुङमा आर्मी र पुलिस सहित ३२ जनालाई कोरोना संक्रमण पुष्टि

बागलुङ, २१ असोज । बागलुङमा नेपाली सेना र नेपाल पुलिस सहित ३२ जनालाई कोराना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बुधबार नेपाली सेनाका २८ जना, नेपाल पुलिसका एक जना र काठेखोला गाउँपालिकाका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताउनुभयो ।

बरालका अनुसार काठेखोला गाउँपालिका–८ का २६ बर्षिय पुरुष, वडा नम्बर २ का ३० बर्षिय पुरुष र वडा नम्बर १ का २२ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु भारतदेखि आइ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत ३८ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छभने नेपाली सेनाका २५, २५, २८, २८, ३०, २८, ३७, २८, २७, २६, २८, २४, ३८, ३६, ३४, ३५, ३०, ३५, ३४, ४२, ३५, ३९, ३८, ३८, ३८, २२, २६ र २४ बर्षिय २८ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको महामारी फोकल पर्सन बरालले बताउनुभयो । उहाँले नेपाली सेनाका २८ जना कन्ट्याक टे«सिङमा परेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताउनुभयो । यस अगाडी बागलुङमा कार्यरत नेपाली सेनाका १८ जनालाई कोरोना संक्रमित भइसकेका छन् ।

यस्तै संक्रमित प्रहरी सरुवा भएर जानको लागि परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले संक्रमित प्रहरी कार्यालयमै कार्यरत रहेको र अहिलेसम्म कुनै लक्षण देखा नपरेको बताउनुभयो । ‘उहाँलाई केहि लक्षण छैन,’ सूचना अधिकारी रेग्मीले भन्नुभयो–‘उहाँको सरुवा भएकोले कोरोना परीक्षण रिपोर्ट लगेर जानको लागि परीक्षण गर्दा संक्रमण पुष्टि भएकोले आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।’ सूचना अधिकारी रेग्मीले संक्रमित प्रहरीसँग जिल्ला प्रहरी कार्यालयका सवै कन्ट्याकमा रहेकोले अब के गर्ने भन्ने बारेमा अहिले सल्लाह भइरहेको बताउनुभयो ।

संक्रमितहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन बरालले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here