मृगौला पीडितलाई वोहोरालाई सहपाठीले गरै १ लाख ७४ सहयोग

बागलुङ, १७ असोज । मृगौलाको समस्याले बिरामी बागलुङ नगरपालिका १ रामरेखाकी एक महिलालाई विद्यार्थीकालका सहपाठी साथी हरुले उपचारका लागि आर्थिक सहयोग गरेको छन् ।

दुई वर्षदेखि उपचार गराइरहेकी रामरेखाकी दीलमाया वोहोरालाई नगद एक लाख ७४ हजार ३ सय ८४ रुपैया सहयोग गरेका हुन । विद्यामन्दीर मावि र धवलागिरी विरेन्द्र मावि वाट २०४४ र २०४५ सालको एस।एल।सी। व्याचका साथीहरुले सहयोग गरेका हुन ।

विद्यार्थीकालका साथी तथा साथिहरुको पहलमा ५८ जना भन्दा वढीको सहयोगमा सो रकम हस्तान्त्रण गरिएको हो । सहयोग रकम मनोज शाक्य ,जयराम भारी र रुद्र महतले वोहोराको घरमागै पुगेर सहयोग हस्थान्त्रण गरेका थिए ।

रोजगारीको शिलशिलामा बागलुङ, पोखरा, काठमाडौं साथै अमेरीका, वेल्जीयम लगायतका देशमा रहेका साथीहरुले वोहरालाई सहयोग गरेका छन् ।

मृगौलाले काम नगरेपछि दुई वर्षदेखि उपचार गराउँदै आएकी वोहोराको उपचारमा सहयोग पु¥याउन सहयोग गरिएको जयराम भारीले वताए । सहयोग रकम वुझ्दै वोहोराले सहयोग गर्ने साथीहरुलाई धन्यवाद दिएकी छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here